मोरङका एक नेपालीको कोरियामा सुतेकै अवस्थामा मृत भेटिए

बोम्जन गुरुङ, कोरिया । ईपीयस प्रणाली मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरियाको आनसान शहर नजिकै मोटर पार्ट्स कम्पनीमा कार्यरत ३८ वर्षीय ओम प्रकाश माझीको सुतेकै अवस्थामा थापाको निधन भएको छ ।

मोरङ जिल्लाको बिराटनगर स्थायी घर भई विगत ८ वर्षदेखि कार्यरत माझी सोमबार बेलुका कम्पनीको काम सकेर परिवारसँग कुरा गरेर सुतेका थिए ।

डायनामिक मोरङ कमिटीका अध्यक्ष विनोद बुढाथोकीका अनुसार उक्त कम्पनीमा उनी मात्र नेपाली रहेको र साहुले अन्य देशका कामदार ल्याउने नेपाली नल्याउने भन्ने कुराको चिन्ता पछि एक्लो महसुस गर्दै आएका उनी पहिला देखि नै निन्द्रा नलाग्नेको र डिप्रेसनको औषधी सेवन गर्दै आएका थिए ।

कोठामा एक्लै सुत्ने गरेका उनी मंगलबार साँझसम्म पनि नउठेपछि उनका सहकर्मीले प्रहरी खबर गरी कोठाको चुकुल खोलेर हेर्दा मृत अवस्थामा फेला परेका थिए ।

वैधानिक रुपमा कोरियाको पहिलो कार्यकाल अर्थात ४ वर्ष १० महिना पूरा गरेर फेरि ३ वर्ष अघि दोश्रो कार्यकालका लागि कोरिया आएका उनका परिवारमा बुवाआमा, श्रीमती र दुई वर्षका एक छोरा छन् । कोरियामा पटक पटक औधोगिक दुर्घटना, हृदयघात लगायत सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या बढिरहेको छ ।

अहिले मृतक माझीको शव आन्सान नजिकै शवगृहमा राखिएको छ । घटनाको आवश्यक छानबिन र मृतकको शव व्यवस्थापनको बारेमा छिटै परिवारसँग सल्लाह गरिने नेपाली राजदुतावास सउलका कार्यवाहक राजदूत रामसिं थापाले बताए ।

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…