३९ दिनपछि हट्यो जापानमा आपतकालीन अवस्था

सन थापा, जापान । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) संक्रमित बढेपछि घोषणा गरेको आपतकालीन अवस्था जापान सरकारले ३९ औं दिनबाट हटाएको छ । कोरोना संक्रमणको दर घट्दै गएपछि जापानका प्रधानमन्त्री शिन्जो आवेले सोमबार पत्रकार सम्मेलन गरी आपतकाल हटेको घोषणा गरेका हुन् ।

गत अप्रिल १७ मध्यरातबाट लागु गरेको आपतकालीन अवस्था विभिन्न चरणमा ४७ ओटै प्रान्तमा घोषणा गरेको थियो । यसैगरी कम संक्रमण भएको प्रान्तहरूमा चरणबद्द रूपमा आपतकालीन अवस्था हटाउदै आएको थियो भने सबैभन्दा बढी संक्रमित प्रान्त टोकियो, कानागावा, होक्काईदो, साईतामा, चिबामा अन्तिममा हटाएको हो ।

आपतकालीन अवस्था हटेपनि यहाँको प्रभावित बनेको होटल व्यवसाय, यातायात, कलकारखाना, उधोग लगायतका क्षेत्र सामान्य अवस्थामा आउन अझै समय लाग्ने बताईएको छ । यो समाचार तयार पार्दासम्म जापानमा संक्रमितको संख्या १६ हजार ६ सय ३२ र योकोहामा पोर्टमा क्वारेन्टाईन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरु ७ सय १२ गरी १७ हजार ३ सय ४४ जना पुगेका छन्। जसमध्ये ८ सय ६४ जनाको मृत्यु, १ सय ६६ जना गम्भीर बिरामी र १४ हजार २ सय ६५ जना सन्चो भएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ । जसमध्ये सात जना नेपाली संक्रमित भई उपचारपछि सामान्य अवस्थामा रहेको जनाईएको छ ।

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…