आलमदेवी : शाह वंशको कुलदेवी

श्रीनगर (पाल्पा) डाँडाको चिसो सिरसिर बतास घरीघरी स्पर्श गर्दै बहन्छ । कालीगण्डकीले तीन फन्को मारेर बल्ल आफ्नो गति नाप्छ । यसैको बीचमा अवस्थामा रहकी आलमदेवी ठिंग उभिएकी छन् । वैघा, विर्घा र कोटाकोटको शिर आलमदेवीलाई मान्ने गरिन्छ ।

वेगमाता वेगेश्वरी (आमादेवी/कुलदेवी) भीमसेनपातीको फेदबाट आलप भई करिब एक हजार मिटर सुरुङ (प्वाल) हुदै कालीगंगाको जलमा स्नान र शालग्रामको पवित्रता प्राप्ति गरी पुनः सोही मार्गबाट भीनसेनपातीको फेदीमा विराजमन भएको ठाउँलाई आलमदेवी मन्दिर भन्ने किवंदन्ती छ । अलपदेवी भन्दा अपभ्रंश भएर आलमदेवी बन्न पुगेको भनाइ पनि पाइन्छ ।

यस मन्दिरमा मास्की रानाहरुले कुलदेवी वेगमाता वेगेश्वरी (आलपदेवी) को भित्री घेरामा रहेको देवी पूजा अर्चना गर्ने, चित्तौरे रानाहरुले दोस्रो घेराबाट पूर्व र दिक्षण ढोकाबाट पूजा गर्ने र बली दिने, गरञ्च र छगेली रानाले पश्चिम र उत्तर ढोकाबाट बिलविहीन पूजा अर्चना गर्ने चलन छ ।

प्रत्येक वर्ष कुलदेवी मान्ने खाँण, शाह र शाहीहरु वैशाख चतुर्दशी अर्थात बुद्धपूर्णिमाको अघिल्लो दिन सबै भेला भई भेडाको बलिसहित कुलपूजा गर्ने चलन रहँदै आएको आलमदेवी धार्मिक तथा पर्यटकीय एकिकृत समितिका अध्यक्ष प्रेमसिंह रानाले बताए । हालसम्म मास्की रानामगरका १५ वर्ष उमेर नकटेका कुमार केटाहरुबाट यस मन्दिरमा पूजा गरिन्छ । औंसी र एकादशीमा बाहेक अन्य दिनहरुमा वर्षैभरि सबै प्रकारका पूजा हुने अध्यक्ष रानाले बताए । उनका अनुसार मन्दिरमा एकजना भण्डारी र एकजना उमराव हुन्थे, जसले क्रमशः मन्दिरको व्यवस्थापन गर्ने, गुठीबाट आम्दी उठाउने र सम्बन्धित पुजेरी, उपपुजेरी, द्रविड बाजा (दमै बाजा) बजाउने, साइत निकाल्ने जैसी (ज्योतिष), कटुवाल (सूचना दिने÷जानकारी गराउने) र अन्य नेगी दिनुपर्नेलाई दिई हिसाबकिताब जाहेर गर्नुपर्ने हुन्थ्यो ।

‘वेगमाता वेगेश्वरीदेवी अत्यन्त सक्रिय देवीमाता हुन् । यहाँलाई वैदिक विधिअनुसार अष्टमात्रुकाको रुपमा जागरण गराइएको हुनाले सबै मानवलाई आफ्नै सन्तानसरह माया र आर्शीवाद दिनुहुन्छ,’ अध्यक्ष रानाले सुनाए, ‘अष्टसिद्धिमध्येका ‘प्राकाम्ब’ को अनुष्ठान भएकाले दर्शनार्थीलाई निरोगी, भाकल एवं इच्छाएको वरदान माग्दा पुग्ने र आयुसमेत लम्बाउन सकिने जनविश्वास छ ।’ यहाँ तन्त्र र मन्त्र विधिद्वारा पनि जागरण गराइएको वेगमाता वेगेश्वरी रातको समय खासगरी औंसी, पूर्णिमा र एकादशीजस्ता तिथिमा त्रान्त्रिक पद्दतिको उपसना गर्न सकिने रानाले प्रष्ट्याए ।

हाल मन्दिर रहेको भीमसेनपातीको फेदबाट एउटा प्वाल कालीगण्डकी नदीमा पुगेर टुंगिन्छ । जमिनमा अलप भएकी देवी कालीगण्डकी पुगी स्नान गरी पुनः भीमसेनपातीको फेदमा आई बसिन् भन्ने भनाई विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ ।

देवीको नाम रहेका गुठीको जग्गाहरु लथालिंग अवस्थामा रहँदा यसको छानबिनको चासो देखाउनुपर्ने स्थानीय बताउँछन । जग्गा कालीगण्डकी परियोजना ‘ए’ अधिग्रहण गरेको जग्गा र यसको मुआब्जा रकम सदुपयोग गर्नुपर्ने सरोकारवालाहरु बहस गदै आएका छन् । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले गुठीको जग्गा खोजबिन गरी देवीमाताको बासस्थान आलमदेवी लसर्घालाई विकासित गर्नुपर्ने बताएका छन् । ‘छानबिन गरी जग्गाको संरक्षणमा पहल गर्नुपर्छ,’ उनले भने ।

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…