भिरकोट–डाँडाकोटमा भलिबल प्रतियोगिता सुरु

स्याङ्जा, चैत्र २३ गते । भिरकोट नगरपालिका वडा नम्बर २ डाँडाकोटमा भलिबल प्रतियोगिता सुरु भएको छ । सो वडामा रहेको शिवजी युवा क्लबले क्लबको चौथो वार्षिकोत्सवको अवसरमा प्रथम गाँउ स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै भिरकोट नगरपालिकाका मेयर छायाँराम खनालले खेलकुदले सामाजिक एकतालाई सुदृढ बनाउने बताए । मेयर खनालले भने, ‘खेलकुदले आपसमा एकता, भाइचारा र सहयोगीको भावनाको विकास गराउँछ । गाउँ–ठाँउको पहिचानमा खेलकुदले महत्वपूर्ण भुमिका खेल्छ ।’ शारीरिक सुगठनका लागि खेलकुदले टेवा पु¥याउने उनले बताए ।

अस्थायी खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको विषयमा आफू गम्भीर भएको बताउदै उपयुक्त स्थानको जग्गा व्यवस्थापन गरेमा खेलमैदानको निर्माणमा नगरपालिकाले गर्ने मेयर खनलो प्रतिबद्धता व्यक्त गरे ।

गाउँमा सीमित स्रोत, साधन र खेलमैदानको अभाव पनि प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सुरज बस्नेतले बताए । गाउँको विकासका लागि युवा शक्ति नै लाग्नुपर्ने अध्यक्ष बस्नेतको भनाई छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा समाजसेवी गोविन्द कर्मचार्य, गुप्त बहादुर केसी लगायतले सामाजिक कार्यमा युवाहरुको भूमिका बारे प्रशंसा गर्दै कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

सोमबार सम्म ६ खेलहरु सकिएका छन् । उद्घाटन् खेलमा सिर्जनशील युवा क्लब भीरकोट–४ दभुङ र आयोजक ‘बी’ बीच भएको सिर्जनशील युवा क्लबले विजयी यात्रा सुरु गरेका छन् ।

दोस्रो खेल तर्फ नमुना युवा क्लब भीरकोट २ ओसेक र जनजागरण युवा क्लब भीरकोट–१ बीच भएको खेलमा जनजागरणले जित निकाले ।

तेश्रो खेलमा मेरो प्यारो वाइड स्पेस क्लब भीरकोट–७ पासिन्डाँडा र शिवजी युवा क्लब भीरकोट–२, डाँडाकोट ‘सी’ बीचको खेलमा मेरो प्यारो वाइड स्पेस क्लब विजयी भए ।

रेन्बो युवा क्लब भीरकोट–२ बलामडाँडा र शुभकामना युवा क्लब भीरकोट–३ देउरालीले प्रतियोगिताको चौथो खेल खेल । जसमा विजयी रेन्बो युवा क्लब भए ।

रिपुखोला युवा क्लब भीरकोट–८ रिपुखोला र रयाले युवा क्लब भीरकोट–३ रयाले बीच पाँचौ खेल खेल्दा रयाले युवा क्बले रिपुखोलालाई हराए ।

यस्तै छैटौ खेल तर्फ शिवजी युवा क्लब भीरकोट–२ डाँडाकोट र सम्राट इम्पोरियम टिम भीरकोट–२ बयरघारी बीच भएको खेलमा सम्राट इम्पोरियमले जिते ।

उक्त प्रतियोगिताको समापन चैत्र २५ गते हुने खेल संयोजक भविन्द्र विक्रम खाँणले जानकारी दिए ।

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…