कोरोना कहरः वालिङका कोरोना संक्रमितको मृत्यु, शवलाई आँधीखोला किनारमा गाडियो (फोटो फिचर)

स्याङ्जा, वैशाख २७ गते । वालिङमा कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मिर्दी स्थित होटल नेपथ्यमा रहेकी वालिङ–१३ की ७७ वर्षीया डिलीसरा गैह्रेको मंगलबार मृत्यु भएको हो ।

मृतक गैह्रेलाई गत २३ गते कोरोनाभाइरस पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएसँगै उनी मिर्दीको नेचुरल भ्यूू प्वाइन्ट होटलमा बसेकी थिइन् । होटलमा बस्दा स्वास्थ्यमा सुधार नआएपछि २४ गते उनलाई पोखरा लगिएको थियो । पोखरामा उनलाई गण्डकी शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।

उपचारपछि हिजो वालिङ फर्केकी थिइन् । बिरामी आवस्थामै वालिङ फर्केएकी उनी पुनः मिर्दीकै नेपथ्य होटलमा बसेकी थिइन् । उनको आज बिहान ६ बजेतिर कोरोनाभाइरसका कारण ज्यान गएको वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले बताए ।

मृतकको शवलाई आँधीखोलामा किनारमा गाडियो
मृतकको शवलाई आँधीखोला किनारमा गाडिएको छ । वालिङ नगरपालिकाको व्यवस्थापनमा शवको नेपाली सेनाका विशेष टोलीद्वारा व्यवस्थापन गरिएको हो । योसँगै वालिङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

फोटो–मोहन गुुरुङ

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…