‘फस्ट अल स्कूल’ रनिङ कप फुटसल टुर्नामेन्ट-२०२१

वालिङ १८ । वालिङ ८ बीपीचोकमा फस्ट अल स्कूल रनिङ कप फुटसल टुर्नामेन्ट २०२१ सम्पन्न भएको छ । वालिङ स्पोटर्स सेन्टरले आयोजना गरेको टुर्नामेन्टमा सिनियर र जुनियर प्रतियोगिता गरिएको थियो ।

सिनियरतर्फ कक्षा १२ सम्मका लागि जुनियरतर्फ १० कक्षा सम्मका विद्यार्थीहरु सहभागी थिए ।

टुर्नामेन्टमा सिनियरतर्फ भुपू सैनिक आवासीय मावि वालिङ प्रथम र नेपाल आदर्श मावि द्वितीय भएका छन् । त्यस्तै जुनियरतर्फ भुम्रे मावि प्रथम, भूपू सैनिक आवासीय मावि बयरघारी द्वितीय र बुद्ध मेमोरियल बयरघारी तृतीय भएका छन् । दुवैतर्फको प्रतियोगितामा प्रथम हुनेले रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने द्वितीय र तृतीय हुनेले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै सिनियरतर्फ उत्कृष्ट खेलाडीमा नेपाल आदर्श माविका विशाल गुरुङ, उत्कृष्ट गोलकिपरमा भूपू सैनिक आवासीय मावि वालिङका आकाश थापा र सर्वाधिक गोलकर्ता भूपूकै सुरज एस्के भएका छन् ।
त्यस्तै जुनियरतर्फ उत्कृष्ट खेलाडी भुम्रे माविका विशाल विक, उत्कृष्ट गोलकिपर भूपू सैनिक बयरघारीका अनुज मगर र सर्वाधिक गोलकर्ता भुम्रे माविका मनिस परियार भएका छन् ।

प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै एन्फाका केन्द्रीय सदस्य तथा वालिङ खेलकुद विकास समितिका संयोजक एलवि ज्वारचनले यस्ता प्रतियोगिताले विद्यार्थीहरुको खेल क्षमताको विकास हुने र प्रोत्साहन समेत मिल्ने बताऐ ।

पहिलो पटक सञ्चालन गरिएको रनिङ शिल्ड प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तररुपमा सञ्चालन गरिने स्पोटर्स सेन्टरका सञ्चालक गणेश सुवेदीले बताए ।

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…