गाउँमा विद्युत नहुँदा मोबाइल चार्ज गर्न बजार जानुपर्छ

गाउँमा बिजुली नहुँदा निकै मर्का खेप्नु परेको छ-स्थानीय

गोकर्ण दयाल । बैतडी, चैत ५ गते । ‘गाउँपालिका नजिकै ३० मेघावाट क्षमताको चमेलिया जलविद्युत गृह छ तर, गाउँमा विद्युत नहुँदा मोबाइल चार्ज गर्न गोकुलश्वर बजार जानु पर्ने पीडा कस्ले बुझ्दिने ?’

यो भनाई बैतडीको डिलासैनी गाउँपालिकाका–६, ने गाउँका युवा आशिष मालको हो । गाउँमा बिजुलीको माग गरे पनि विद्युत विस्तारका लागि ल्याईएका पोल त्यत्तिकै अलपत्र छोडिएको उनले बताए ।

चमेलिया जलविद्युत गृहबाट करिब चार किलोमिटर दूरीमा रहेको डिलासैनी गाउँपालिकाको ने गाउँका दुईसय घरपरिवारले विद्युत उपभोग गर्न पाएका छैनन् । गाउँमा बिजुली नहुँदा बोमाईल चार्ज गर्न एक घण्टा हिँडेर गोकुलेश्वर बजारको देवझाडी पुग्नु पर्ने बाध्यता रहेको स्थानीय तिलकबहादुर मालले बताए ।

मालले भने, ‘गाउँमा बिजुली नहुँदा निकै मर्का खेप्नु परेको छ । छेउमै जल विद्युत आयोजना भए पनि गाउँमा झरो र टुकी बाल्नु पर्ने बाध्यता छ । मोबाईल चार्ज गर्न बजार जानुपर्छ । कुटानी पिसानीको काम गर्न पनि समस्या भएको छ ।’

गाउँमा बिजुली पु-याउन सरकारले बजेटको व्यवस्था गरेर टेण्डर आह्वान गरिएको भए पनि ठेकेदारको लापरबाहीले बिजुलीका पोल अलपत्र अवस्थामा रहेको स्थानीय आशिष मालले बताए।

बैतडी–दार्चुलाको सीमाना बलाँचमा ३० मेघावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिए पनि बैतडीका ३० हजार घरधुरीमा बिजुली पुगेको छैन । बैतडीमा ४५ हजार घरधुरी रहेका छन् । हालसम्म १५ हजार घरधुरीमा मात्र बिजुली पुगेको विद्युत वितरण केन्द्र बैतडीको तथ्याङ्क रहेको छ ।

८० हजार भन्दा बढी जनसंख्या रहेको बैतडीको पुरचौडी र च्वाँगढ क्षेत्रमा अझैं बिजुली पुग्न सकेको छैन । त्यसै गरि, एक लाख हाराहारी जनसंख्या भएको बैतडीको तल्लोस्वराड क्षेत्रमा पनि बिजुली पुग्न सकेको छैन । बिजुली नपुगेका गाउँमा अहिले पनि झरो र टुकी बाल्नु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

बैतडीमा पहिलो पटक २०४२ सालमा भारतबाट ११ केभी प्रसारण लाईनबाट जिल्ला सदरमुकाममा बिजुली पुगेको थियो । त्यसछि २०४७ सालमा बैतडीको पाटनमा सुर्नयागाड साना जलबिद्युतबाट दुईसय किलोवाट विद्युत उत्पादन भएको थियो । २०५६ सालमा ३३ केभी राष्ट्रिय प्रसारणलाइन जोडियो । हालः ८ मेघावाटको अपी आईड्रो पावर र ३० मेघावाटको चमेलिया जलबिद्युत आयोजना बनेपछि बैतडी जिल्लाको आकाशमाथि बाट फालाफा बिजुली दैडिन्छ तर, बैतडीका ३० हजार घरधुरी अध्यारोमा रहेका छन् ।

जिल्लाको च्वाँगढ, पुरचौडी,तल्लोस्वराड र डिलासैनी क्षेत्रका गाउँपालिकामा बिद्युत पुगेको छैन । बिद्युत नहुँदा अधिकाशं गाउँपालिकाको काम समेत प्रभावित हुने गरको छ । फोटोकपी गर्न समेत एक दिनको बाटो हिँड्नु पर्ने बाध्यता रहेको बैतडीको सिगास गाउँपालिका– १ का कृष्ण धामीले भने ।

साभार-गाेरखपत्र अनलाइन ।

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…