हिउँफूलमै कक्षा सञ्चालन (फाेटाे फिचर)


दार्चुला, माघ २४ गते । लामो समयपछि बिहीबार रातिदेखि दार्चुलासहित देशव्यापी रूपमा हिउँदे वर्षा र हिमपात भएको छ । दार्चुलाको अपि हिमाल र व्यास गाउँपालिकामा गाउँसम्मै हिमपात भएको छ । डाँडाकाडा सबै हिउँले ढाकिएर सेताम्य भएका छन् ।

अपि हिमालस्थित खण्डेश्वरी माबिलगायत केही विद्यालयहरु हिमपातमै सञ्चालन भइरहेको छन् । आकासबाट हिउँफुल खसिरहेको छ, शिक्षक खडक लोथ्यालले भने, ‘विद्यार्थीहरु चौरमा बसेर रमाउँदै अध्ययन गरिरहेका छन् । कतिबेला घाम पर्ने र कतिबेला वर्षासँगै हिउँ पर्ने क्रम चलिरहेको उहाँले बताउनुभयो । हिमपातपछि चिसो बढेकोले जनजीवन भने कष्टकर बनेको छ ।’

स्थानीयहरुका अनुसार दार्चुलाको व्यास र अपि हिमालका साथै मार्मा, दुहुँ, नौगाड गाउँपालिकाका लेकाली क्षेत्रहरुमा समेत हिमपात भएको छ । यो वर्ष लामो समयदेखि वर्षा र हिमपात हुन सकेको थिएन । समयसमयमा हिउँदे वर्षा नभएकै कारण यो वर्ष हिउँदे खेती उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।

आकासे पानीको भरमा खेती हुँदै आएको अधिकांस जमिन यो वर्ष बाँझै रहेको नौगाड गाउँपालिकाका स्थानीय गोबिन्द धामीले बताए। सिँचाई सुविधा नभएको खेतमा खडेरी परेको छ । भने आंशिक सिँचाई सुविधा भएको खेतमा अहिले भएको वर्षा र हिमपातले सकारात्मक असर पर्नेछ ।

मौसमविदहरुका अनुसार हाल पश्चिमी न्यून चापीय प्रणाली विकास भएका कारण मौसम बदली भएको हो । नेपालको सुदूरपश्चिम हुँदै भित्रिएको यस मौसमी प्रणाली शनिबार पूर्वी भेगसम्म फैलने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार रातिदेखि नै सुरु भएको बदलीले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा शुक्रबार हल्का वर्षासँगै उच्च हिमाली भेगमा बाक्लो हिमपात गराएको छ । दार्चुला, बैतडी लगायत सुदूरपहाडका अधिकासं जिल्लाका हिमाली क्षेत्र तथा लेकहरूमा बिहीबार रातिदेखि नै हिमपात जारी छ ।

लोकेन्द्र जोशी

स्राेत: गाेरखापत्र अनलाइन

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…