आईपीएल-२०२१ : नेपालका आठ जना क्रिकेटर सूचीकृत

काठमाडौं, माघ २३ गते । नेपाल क्रिकेट संघ(क्यान)ले इन्डियन प्रिमियर लिग(आईपीएल)को आगामी संस्करणको निलामी प्रकृयामा सहभागी गराउन आठ जना खेलाडी सूचीकृत गराएको छ । फेब्रुअरी १८ मा आईपीएलको आगामी संस्करणका लागि खेलाडीहरुको निलामी प्रकृया सुरु हुनेछ ।
आईपीएलमा खेलाडी सूचीकृत गर्ने म्याद शुक्रबारसम्म रहेको थियो । जस बमोजिम एक हजार ९७ जना खेलाडी सूचीकृत भएका छन् । भारतबाट २१ जना विदेशका १८६, अशोसिएट राष्ट्रका २७, आइपीएलमा पहिलो पटक सहभागी हुने भारतीय ५० जना, पहिलो पटक सहभागी हुने विदेशी खेलाडी ६८ जना तथा भारतका ७४३ जना खेलाडी पहिलो पटक निलामी प्रकृयामा सूचीकृत भएको आईपीएलले जनाएको छ ।

क्यानका सचिब अशोकनाथ प्याकुरेलले प्रिमियर लिगको आगामी संस्करणमा सहभागी हुन सन्दीप लामिछाने र बिनोद भण्डारीसहित आठ जना खेलाडीको नाम पठाइएको जानकारी दिएका छन् । आठै जना खेलाडी सूचीकृत भएका छन् । लामिछाने र भण्डारी अतिरिक्त करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दिपेन्द्रसिंह ऐरी रहेका छन् ।

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…