अर्गानिक प्रेमकी पर्याय ‘माइली’

स्याङजा । अर्गानिक प्रेमकी पर्याय ‘माइली’ बजारमा आएकी छन् । दुई प्रेमिल जोडीको प्रेम कथामा आधारित म्युजिक भिडियो ‘माइली’ बुधबार सार्वजनिक भएको छ । वाइड नेपाल युट्युब च्यानलले म्युजिक भिडियोलाई सार्वजनिक गरेको हो ।

गीत गायिका कमला अधिकारी र सित्तल बस्यालको स्वर रहेको छ । शब्द प्रकाश सिग्देलले लेखेका हुन् । गीतको म्युजिक भिडियोमा रिचा र सुमित थापाले खेलेका छन् । भिडियोलाई रा सिवले निर्देशन गरेका हुन् भने कथा तथा परिकल्पना अनु कार्कीका हुन् । भिडियोलाई चक्र बराल र बिकास गुरुङले खिचेका हुन् ।

म्युजिक भिडियोमा गाउँले प्रेमिल जोडीको प्रेमलाई उतारेका छन् । दुई प्रेमिल जोडीको प्रेमयात्रामा कयौं वाधा अड्चनहरु आउनछन् तर प्रेममा तगारो बनेका समाज सामु उनीहरु अविचलित भई प्रेमलाई कोशेढुङ्गा सावित गर्छन् ।

गायिका अधिकारी पेशाले शिक्षक हुन् । मुना गीति एल्बम उनको पहिलो गीति एल्बम हो । गायक बस्याल संगीतिक र पत्रकारिता पेशामा लाग्दै आएका छन् ।

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…