काठमाडौं, असार २२ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ट नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । ‘हाेटल मेरियट’मा करिब दुई घण्टा बसेको बैठक निष्कर्षविहीन भएर सकिएको छ ।
लामो समयको अन्तरालमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र वरिष्ट नेता नेपालबीच ‘वन टु वन’ वार्ता समेत भएको एमाले नेता सुरेन्द्र पाण्डेले बताए । एमाले एकताका लागि बनेको कार्यदलको बैठक पुनः भोलि बस्ने नेता पाण्डेले बताए ।
दुई नेतावीच भएकाे वार्ता सहमति उन्मुख भएकाे वार्तामा सहभागी नेताहरुले बताए ।