पदमा कुमारी अर्याल: चौथो पटक मन्त्री

स्याङ्जा, वैशाख ३१ गते । स्याङ्जाली चेली पद्मा कुमारी अर्याल चौथो पटक मन्त्री बनेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा शुक्रबार बिस्तार नयाँ मन्त्रीमण्डलमा उनी पुनः चौथो पटक मन्त्री बनेकी हुन् । मन्त्री अर्याल कृषि तथा पशुपंक्षी मन्त्री बनेकी छन् । उनले शुक्रबार पद तथा गोपनियताको शपथ साथै पदभार ग्रहण गरिन् ।

उनी पहिलो पटक २०७४ चैत २ गते स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन् । दोस्रो पटक २०७५ साउन ९ गते भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनिन् । २०७७ पुष १२ गते कृषि तथा पशुपंक्षी मन्त्री भइन् । शुक्रबार पुनः चौथो पटक कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् ।

२०७४ को मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा बहालवाला शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन् । बहालवाला मन्त्री श्रेष्ठलाई हराएसँगै राष्ट्रिय राजनीतिमा मन्त्री अर्यालको चर्चा ह्वात्तै बढेको थियो ।

ओली नेतृत्वको सरकारमा सहभागी मन्त्री मध्ये उनी सफल मन्त्रीको रुपमा चिनिन्छन् । पटक–पटकको मन्त्रीमण्डल विस्तारमा उनी दोहोरिनुले पनि यसको पुष्टि हुन्छ । उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहँदा लिपुलेक, लिम्पियाधुरा, कालापानी सहितको चुच्चेनक्सा सार्वजनिक गरिन् । सगरमाथाको उचाई मापन, सरकारी सार्वजनिक जग्गा संरक्षण, व्यक्तिका नाममा गएका÷भएका जग्गाहरु फिर्ता, नापी र मालपोतलाई प्रविधीमैत्री सेवा, भुमि सम्बन्धी समस्या समाधानका लागि आयोग गठन लगायतका उत्कृष्ट कार्य गरेकी छन् ।

यस्तै यस अघि कृषि मन्त्रालयको जिम्मेवारीमा रहँदा माटोको गुणस्तर पहिचान, कृषकलाई समयमै मल आपूर्ति र सातै प्रदेशमा मल भण्डारण स्थापना गर्ने घोषण गरेकी छन् ।

नेपाली राजनीतिमा अब्बल महिला नेताको रुपमा मन्त्री अर्यालले आफ्नो परिचय बनाईसकेकी छन् ।

Tags:

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…