१५-१५ दिनमा पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे

पेट्राेल १२९, डिजेज-मट्टितेल प्रतिलिटर ११२ र एलपी ग्यास १ हजार ४२५ रुपैयाँ

काठमाडौं, असार २२ गते । नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि गरेकाे छ । मंगलबारराति १२ बजेदेखि लागु हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि गरिएकाे निगमले जनाएकाे छ । मूल्यवृद्धिसँगै पेट्राेल १२९, डिजेज र मट्टितेल प्रतिलिटर ११२ रुपैयाँ कायम भएकाे छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरी मूल्यवृद्धि गरेको छ । गएराती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि भएको निगमले जनाएको छ । यस्तै खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १ हजार ४२५ भएकाे छ ।

यस्तै हवाई इन्धन आन्तरिक उडानमा प्रतिलिटर ८४ रुपियाँ कायम भएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १९ ले वृद्धि गरी नयाँ बिक्री मूल्य ७५४ अमेरिकी डलर कायम गरेको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो तीन वर्षकै उच्च रहेको निगमले जनाएको छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुने क्रम नरोकिएको र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि अझै भइरहने हो भने आगामी दिनमा समेत मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाल आयल निगमले १५-१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गरेको छ । यस अघि निगमले असार ९ गते मूल्य वृद्धि गरेको थियो ।

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…