‘प्रेम गर्ने स्वतन्त्रता छ भने घृणा गर्ने स्वतन्त्रता पनि त छ नि ?’

प्रिय मनहरु ! जर्ज स्याण्डले भनेका छन्,”संसारमा एक मात्र खुशी छ- माया गर्नु र माया पाउनु !” प्रत्येक मानिस जीवनमा सफलता चाहन्छ, उसको एक मात्र ध्येय यो हुन्छ कि उ सुखी होस् । तर यथार्थ यो पनि हो कि जीवन कहिले पनि हामीले चाहे जस्तो हुँदैन । जीवनले अक्सर अनपेक्षित घटनाहरु मात्रै उपहार दिएको हुन्छ । हामी आशावादी प्राणी हौं । मानवता र विवेकशीलता हाम्रो प्रमुख परिचय हो । मान्छे जब जन्मन्छ उ सँग एउटै मात्र सत्य हुन्छ, त्यो हो मृत्यु !

प्रेम गर्ने स्वतन्त्रता छ भने घृणा गर्ने स्वतन्त्रता पनि त छ नि ? प्रश्न खडा हुन सक्छ । नदीमा डुब्ने र उत्रने दुवै स्वतन्त्रता हुन्छ – पौडिन जान्नेहरु उत्रिएर मजा लुट्छन्, नजान्नेहरु डुबेर बिलय हुन्छन् । यहाँ विकल्प रोज्ने अर्को पनि स्वतन्त्रता खडा हुन्छ ।

जीवन यात्रा हो । यात्राको यो क्रममा अनेकन आरोह र अवरोहको बाटो हिँडिसकेपछि मान्छेले जीवनको बोध गर्छ । मान्छेलाई सबैभन्दा प्यारो केही छ भने त्यो हो स्वतन्त्रता । मान्छे हर कुराबाट स्वतन्त्र रहन चाहन्छ । आफ्नो मन र मस्तिष्कको वैचारिक इन्धन भरेर जीवनको गाडी हाँक्न चाह्न्छ । मान्छे स्वतन्त्रताभित्र पनि अझ वेसी केही स्वतन्त्रता चाहन्छ भने त्यो हो-वैचारिक स्वतन्त्रता !

उमेरगत,सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा कसैका आवाज दबिन सक्छन् तर यो संसारका कुनै पनि मान्छेलाई वैचारिक दासत्व स्वीकार छैन् । त्यसैले त यहाँ चिज एक अनि विचार अनेक छन् । मान्छेका बाटा फरक छन् , भोगाइ नितान्त बेग्लै छन् ! यहाँ डा. कृष्णहरि बरालको गजल स्मरणीय हुन आउँछ, “सबको कहानी उस्तै,उस्तै नहुने रहेछ, एउटालाई पिर पर्दा आर्को नरुने रहेछ ।” त्यसैले जीवनप्रतिको बुझाइमा भिन्नता हुनु स्वभाविक हो । यहाँ केही खुशी छन् भन्दै गर्दा अधिकांश दुखी छन् । दुखी हुनेहरुमा पनि धेरै अभावलेभन्दा जीवनप्रतिको दृष्टिकोणले दुखी छन् ।

मान्छेको मन न हो कयौं विचारहरु दिनहुुँ हुर्कन्छ, फलन्छ, फुल्छन् र मर्छ्न पनि । त्यी खुशी छन् – जो मनलाई जित्छन् त त्यी दुखी छन् जो मनसँग हार्छन । धेरै कुराहरु अदृश्य छन् । यो सृष्टि कै चक्र ? हाम्रै जीवनको चक्र पनि त कहाँ देखिन्छ र ? अब यसो भन्दै गर्दा फरक नपर्ला कि संसारका थुप्रै विशेष कुराहरु अदृश्य छन् । रहस्यमय छन् ।

डा. कृष्णहरि बरालको गजल स्मरणीय हुन आउँछ, “सबको कहानी उस्तै,उस्तै नहुने रहेछ, एउटालाई पिर पर्दा आर्को नरुने रहेछ ।

संसार के ले चलिरहेको छ ? हामी धेरैको उत्तर हुन्छ – माया र विश्वासले । त्यसैले त बेन्जामिन डिजराइली भन्छन्, “हामी सबै प्रेमका निम्ति जन्मेका छौं । यहि नै अस्तित्वको सिद्धान्त हो ।” सोचौं त शायद प्रेम र विश्वास हुँदैन थियो त ? हामी धेरै भ्रममा बाँचिरहेछौँ । जब जीवनका भ्रमहरु टुट्छन् , बाँच्नलाई गाह्रो हुनेछ । जहाँ दुवै प्रेम र घृणा हुँदैन, त्यहाँ सबै कुरा स्पष्ट र प्रष्ट हुन्छ । त्यसैले एकपटक जीवनप्रतिको प्रेम र घृणा दुवैलाई त्यागेर जीवनको यथार्थको बोध गर्यौँ भने जीवनयापन सहज हुन सक्छ। यो सत्य हो- हामी धेरै प्रेम चाहन्छौं । र सन्निकटता, सामिप्यता र तादम्यताले नै प्रेमको आयाम निर्धारण गरेको हुन्छ ।

यहाँ हर मान्छे फरक छ , यो विशेषता हो सृष्टिको । त्यसैले कोही कसै जस्तो हुनु आवश्यक छैन् । वस् ! हामी आफू हुनुको अर्थ नभुलेर बाँचे पुग्छ । जुनदिन हामी अरुको त्यो भिन्नता जो विशेषता हो त्यसको सम्मान गर्न सिक्छौँ, त्यो दिन यो धरा वास्तवमै बडो सुन्दर हुनेछ । विज्ञान र प्रविधिको विकाससँगै हामीले बिस्तारै आत्मसयम् गुमाउँदै छौं । यससँग जुद्ने एकमात्र विकल्प रहित हतियार हो प्रेम ।

प्रणय दिवसको दिन त्यसैले प्रेमका विभिन्न आयाम र पाटाहरुमा चर्चा गरिनु आवश्यक छ । प्रेम गर्ने स्वतन्त्रता छ भने घृणा गर्ने स्वतन्त्रता पनि त छ नि ? प्रश्न खडा हुन सक्छ । नदीमा डुब्ने र उत्रने दुवै स्वतन्त्रता हुन्छ – पौडिन जान्नेहरु उत्रिएर मजा लुट्छन्, नजान्नेहरु डुबेर बिलय हुन्छन् । यहाँ विकल्प रोज्ने अर्को पनि स्वतन्त्रता खडा हुन्छ । त्यसैले स्वतन्त्रता केवल बन्धनबाट मुक्ति मात्रै पनि होइन, यो विकल्पहरु मध्येको उपयुक्त विकल्पको छनोट हो । प्रणय दिवसको अपार शुभकामना !

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…