वडा ‘सिल’ गरेर वडा अध्यक्ष काठमाण्डौं जन्ती गएर फर्के

स्याङ्जा, वैशाख २५ गते । विश्व कोरोनाको दोस्रो लहरले थिलिएको छ । नेपाल पनि अछुतो रहेन । दिनाहुुँ कोरोनाभाइरस संक्रमितको ग्राफ चुलिदो छ ।

तर, स्याङ्जाका एक पालिकाका वडा अध्यक्ष वडा सिल गरेर काठमाण्डौं जन्ती गएर फर्केका छन् । वालिङ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष आनन्दप्रसाद पाठक बिहीबार काठमाण्डौं जन्ती गएर शनिबार बिहान घर फर्केका छन् । उनी स्थानीय गैह्रे थरका बिबाहमा जन्ती गएर फर्केका हुन् ।

वडा अध्यक्ष पाठकले भने आफू आफन्ती बिरामी परेर काठमाण्डौं गएको बताए । उनले भने, ‘हाम्रो आफन्ती बिरामी परेर काठमाण्डौं गएका हुँ ।’ तर उनी आउँदा र जाँदा जन्तीकै गाडीमा फर्किएका हुन् ।। उनीहरु एउटा नीजि कार र एउटा सार्वजनिक गाडीमा जन्ती गएर फर्किएको बुझिएको छ ।

वालिङमा कोरोनाभाइरस संक्रमितको संख्या तीब्र रुपमा बढेको भन्दै गत २३ गते वडा नम्बर १३ सिल गरिएको थियो । वडा अध्यक्ष पाठकले सूचना मार्फत वडा सिल गरिएको जानकारी गराएका थिए । गत स्थानीय चुनावमा नेकपा (एमाले)का तर्फबाट वडा अध्यक्ष जितेका हुन् । झिनो मतान्तरले नेपाली काँग्रेसका उम्मेदवार मधुसुदन गैह्रेलाई हराएका थिए ।

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…