वालिङ क्याम्पसकाे अध्यक्षमा कोइराला विजयी

स्याङ्जा, फागुन २९ गते । नेपालकै जेठो पब्लिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदमा हुमकान्त कोइराला (नारायण) विजयी भएका छन् । कोइरालाले २ सय ५३ मत ल्याई विजयी भएका हुन् ।

शनिबार भएको मतदानमा उनका प्रतिद्वन्दी अमरलाल कर्मचार्यले २०९ मत ल्याए । कुल ४ सय ६७ मत खस्दा ५ मत बदर भए ।
कोइराला नेपाल कम्यूनिष्ट पार्टी (एमाले) र कर्मचार्र्य नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार थिए ।

क्याम्पसलाई ‘क्यूएए’ प्राप्तिका लागि आफूले खेलेको भूमिकाको सही मूल्याङ्कन भएको कोइारालाले बताए । उनले भने, ‘क्याम्पसको सर्वाङगीण विकासका लागि लाग्नेछु ।’ क्याम्पसलाई भौतिक सुधार सँगै शैक्षिक सुधारमा आफ्नो कार्यकालको मुख्य एजेण्डा हुने कोइरालाले बताए ।

क्याम्पसका व्यक्तिगत र संस्थागत गरी जम्मा ६ सय ८ सभासद छन् । तिनै सभासदले क्याम्पसको सञ्चालक समिति चयन गर्छन ।

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…