वालिङ भलिबल क्लब गठन : ‘भलिबलको व्यवसायीकरण आजको आवश्यकता’

स्याङ्जा । स्याङ्जाको वालिङमा भलिबल क्लब गठन गरिएको छ । भलिबका पूर्व राष्ट्रिय खेलाडी दीपेन्द्र खाँणको अध्यक्षतामा ‘वालिङ भलिबल क्लब’ गठन गरिएको छ ।

क्लबको आयोजनामा शनिबार बृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । क्लब गठनको औपाचारिक घोषण गर्ने उद्धेश्यले अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा क्लबका अध्यक्ष दीपेन्द्र खाँण, उपाध्यक्ष किरण खाँण र भलिबलका राष्ट्रिय रेफ्री चित्रजंग गुरुङले भलिबल खेलकाे महत्वका बारेमा बोलेका थिए ।

क्लब अध्यक्ष खाँणले भलिबलको उत्पत्ति र इतिहास, उपाध्यक्ष खाँणले ‘वालिङ भलिबल क्लब’ गठनका बारे र राष्ट्रिय रेफ्रि गुरुङले भलिबल खेल र अनुशासनका बारे महत्वपूर्ण भनाईहरु राखेका थिए ।

अध्यक्ष खाँणले भलिबलको व्यसायीकरण आजको आवश्यकता रहेको बताए । उनले भने, ‘खेल खेलेर जिविका चलाउन व्यवसायीकरण हुनुपर्छ । क्लबको स्थापनाको मुख्य उद्धेश्यनै क्लबसँग आबद्ध खेलाडीलाई खेलसँगै आर्थिक समृद्धि बनाउने मुख्य लक्ष्य हो ।’

यस्तै उपाध्यक्ष खाँणले देशभर छरिएर रहेका भलिबल खेलाडीहरुलाई एउटै मञ्चमा गोलबद्ध गराउने उद्धेश्यले क्लब गठन गरिएको जानकारी दिए । ‘स्याङ्जा भलिबलका लागि उर्वर भूमि हो’, उनले भने, ‘क्लबले खेलाडी र भलिबल क्षेत्रको संरक्षण र सम्वर्धन गर्छ ।’

क्लबले निकट भविष्यमा भलिबल खेलाडी उत्पादनका लागि भलिबल एकेडेमी सञ्चालन गर्ने लक्ष्य रहेको क्लबका सचिव हुमराज गुरुङले बताए ।

क्लबले साधारण सदस्य र आजीवन सदस्य विस्तार कार्यलाई तीव्रता पारेको छ । साधारण सदस्य र आजीवन सदस्य नै क्लबको मुख्य आर्थिक आम्दानीको स्रोत रुपमा लिइएको छ ।

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…