वालिङका १४ वटै वडामा पुग्यो आधारभूत स्वास्थ्य सेवा

वालिङ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरका १४ वटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ ।

नगरबासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँ गाउँमा नै पुर्याउने उद्देश्यले केन्द्रीय सरकार र नगरपालिकाको साझेदारीमा भवनसहित स्वास्थ्यकर्मीको ब्यवस्था गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

‘नगरपालिकाका केही वडाहरुमा स्वास्थ्य संस्था रहेपनि चार वटा वडा स्वास्थ्य संस्थाबिहीन थिए’ नगर प्रमुख खाँणले भने, ‘नभएका वडाहरुमा भवनसहित स्वास्थ्यकर्मीको ब्यवस्थापन गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गरेका छौं ।’

नगरपालिकाका १४ वटा वडामा हाल १७ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । जसमा १५ शैयाको गह्राैं प्राथमिक अस्पतालसहित ९ वटा स्वास्थ्य चौकी र ७ वटा शहरी स्वास्थ्य केन्द्र रहेका नगर प्रमुख खाँणले बताए ।

स्वास्थ्य सेवालाई सूचना प्रविधिसँग जोड्दै नवीनतम तरिकाबाट सेवाहरु प्रदान गर्ने गरी अगाडि बढिएको उनले बताए।

वालिङमा १५ शैयाको गह्राैं प्राथमिक अस्पताल सञ्चालनमा रहेको र १५ शैयाको वालिङ नगर अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको उनले बताए ।

‘स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पूर्वाधारहरु निर्माणको क्रममा रहेकाले वालिङलाई ‘शैक्षिक र मेडिकल कलेजको हब’ का रुपमा विकास गर्ने उद्देश्य छ,’ नगर प्रमुख खाँणले थपे ।

हाल वालिङका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रहरुमार्फत आधारभूत स्वास्थ्य सेवाहरु अन्तर्गत विरामी जाँच सेवा, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन, खोप सेवा, सर्ने नसर्ने रोगसम्बन्धी सचेतना सेवा, विद्यालय स्वास्थ्य सेवा लगायतका सेवाहरु रहेका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए।

त्यस्तैगरी गह्राैं प्राथमिक अस्पतालमा आकस्मिक लगायतका दैनिक बिरामी जाँच सेवा, एक्सरे सेवा, २४ सै घण्टा दन्त आँखा परीक्षण सेवासहितका जनस्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण सेवाहरु प्रदान भईरहेको शाखा प्रमुख पाण्डेले बताए ।

‘सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुगेपछि अहिले गाउँमा रहेको स्वास्थ्य संस्थाबाट आधारभूत सेवा तथा आवश्यक परामर्श पाएपछि स्थानीयहरु हर्षित भएको पाएका छौं,’ शाखा प्रमुख पाण्डेले भने ।

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…