महिला राष्ट्रिय फुटबल लिग: वालिङद्वारा पुलिस क्बल १–० ले पराजित

काठमाडौं, माघ २५ गते ।

महिला राष्ट्रिय फुटबल लिगमा आईतबार वालिङ नगरपालिका बिजयी भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको खेलमा वालिङले नेपाल पुलिस क्लबलाई शुन्यका विरुद्ध एक गोल गरी जीत दर्ता गरेको हो ।

वालिङ नगरपालिका र पुलिसबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । वालिङले दोस्रो हाफको ५८ औं मिनेटमा गोल गरेर एक शुन्यको नतिजा निकालेको हो । वालिङका लागि उक्त गोल नै जितका लागि निर्णायक गोल बन्न पुगेको प्रशिक्षक दिलीप थापाले बताऐ । आजको खेलमा वालिङका लागि विदेशी २३ नं. जर्सीकी खेलाडीले उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भइन् ।

यसअघि पहिलो चरणको खेलमा वालिङ र पुलिसबीचको खेल एक÷एक गोलको बराबरीमा सकिएको थियो भने दोस्रो चरणको आजको खेलमा वालिङले जीत निकालेको हो ।

प्रतियोगितामा वालिङ नगरपालिकासहित विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।

भर्खरै प्रकाशित

मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१०…

वालिङ नगरपालिकाका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको…

देउवा मन्त्रिमण्डलका सारथि

काठमाडौं, असार २९ गते । मंगलबार साँझ प्रधानमन्त्री देउवाको सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना गरी…

देउवाको सत्ता यात्राः तीन दशक बित्दा ५ पटक प्रधानमन्त्री

काठमाडौं, असार २९ गते । नेपाली राजनीतिमा भाग्यमानी नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सधै अग्रपंक्तिमा आउँछन् । तीन दशकदेखि अपराजित राजनीतिक यात्रीका रुपमा आफूलाई…

शेरबहादुर देउवाकाे सपथ साँझ ५ बजे

काठमाडाैं, असार २९ गते । प्रतिनिधिसभाकाे पुन: स्थापनासँगै सर्वाेच्च अदालतकाे परमादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । देउवाले आज साँझ राष्ट्रपति सँग…